बढीमा तीन वर्ष मन्त्री हुने हो – मन्त्री पुन

काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । मंगलबारै पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री पुनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्ने क्रममा उनले मन्त्रालयको व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् । आफूले नेतृत्व सम्हालेको मन्त्रालय नयाँ भएकाले मन्त्रालयको व्यवस्थापनका लागि ओएनएमसम्बन्धी निर्णयमा हस्ताक्षर गरेको उनले जानकारी दिए ।

विज्ञान प्रविधिको विकासको लागि छिटो गतिमा काम गर्ने उनले बताए । सरकारको कार्यकाल ५ वर्ष भए पनि आफू बढीमा तीन वर्ष मात्रै जिम्मेवारीमा बस्ने उनको भनाइ छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा राम्रो आधार तयार गरेपछि युवाहरूलाई हस्तान्तरण गर्ने उनको भनाइ छ । मन्त्री पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्रीको जिम्मेवारीमा थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *