‘प्रधानमन्त्री कार्यालयमा थुन्ने’ धम्की दिएको चर्चाबारे सांसदले मागे जवाफ

काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित पदाधिकारीलाई थुन्ने धम्की दिएर पक्राउ पुर्जी जारी गर्न लगाएको भन्ने चर्चाबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले उक्त विषयमा प्रधानमन्त्रीको कार्यालयको ध्यानाकर्षण गराए । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर, प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइने भन्ने कुरा बाहिर आएको छ,” उनले भने, “प्रधानमन्त्री कार्यालयमा नै थुन्ने धम्कीका साथमा पक्राउ पुर्जी जारी भएको कुरा बाहिर आएको छ । प्रधानमन्त्रीले प्रष्ट नपारे छानबिन समिति बनाउन उनको माग छ । “यसको सत्य तथ्य छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्छ । होइन भने सदनलाई जानकारी गराउनुपर्छ । केरुङले संवैधानिक निकायको आफ्नो दायरा हुने स्मरण गराए । अख्तियारको निर्णयको सम्मान र पालना गर्ने गरिएको भन्दै उनले जवाफ माग गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *