‘लज्जावती’ले सार्वजनिक गर्‍यो कलाकारको क्यारेक्टर लुक्स

काठमाडौँ । आगामी साउन २९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘लज्जावती’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको एकसाथ पाँच पोस्टर सार्वजनिक गरेको हो । फिल्मका कलाकारको चरित्र लुक्स समेट्दै निर्माण युनिटले उक्त पोस्टरहरू सार्वजनिक गरेको हो । पोस्टरले कलाकारको चरित्र पहिचानसँगै उनीहरूको प्रेम, सम्बन्ध, संघर्ष तथा ग्रामीण परिवेश झल्काएको छ । पोस्टरहरूमा विभिन्न मुन्द्रमा अभिनेता मुकुन भुसाल, अभिनेत्री जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला र मेनुका माझी देखिएका छन् ।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको फिल्मका लेखक तथा निर्देशक राजबहादुर साने हुन् । फिल्ममा मुकुन, जानुका, श्रीकृष्ण्, मेनुकाको अलवा धिरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा, विनोद श्रेष्ठलगायत कलाकारहरूको अभिनय समेटिएको छ । सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् भने दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । दिव्यराज सुवेदीले छायाङ्कन गरेको फिल्म कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ । तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिल्ममा देव महर्जनको द्वन्द्व छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *