देउवा समूहले बोलायो पूर्वपदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आफ्नो समूहमा रहेका पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ। शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने गरी पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको नेता डाक्टर प्रकाशशरण महतले जानकारी दिए। बैठकमा साउन ६ गते बीपी स्मृति दिवस छुट्टै भव्य रूपमा मनाउनेबारे जिम्मेवारी बाँडफाँड गर्ने निर्णय हुनेछ। त्यस्तै राष्ट्रिय भेला आह्वानको विषयमा पनि कुराकानी हुने नेता डाक्टर महतले जानकारी दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *