गणेश नेपालीको परिवार र सरकारबीच वीर अस्पतालमै वार्ता

काठमाण्डौं । आत्मदाह गरेर मृत्युवरण गरेका मुगुका युवक गणेश नेपालीको परिवार र सरकारका प्रतिनिधिबीच वार्ता भएको छ । अहिले वीर अस्पतालमै नेपाली परिवार र सरकारी टोलीबीच वार्ता भएको हो । बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा मुगुका नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनको आज उपचारको क्रममा वीर अस्पतालमा निधन भएको थियो । मृतकका परिवार तथा आफन्तसहित आम नागरिकले नेपालीको न्यायका लागि आज दिनभर प्रदर्शन गरेका थिए । मृतकको शव परिवारले बुझेका छैनन् । घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने मृतक परिवारको माग छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *