गणेश नेपालीकी छोरीलाई स्नातकसम्म पढाउने कांग्रेस नेता बस्नेतको घोषणा

काठमाडौं । कर्णाली प्रदेशको सुर्खेत रंगशालामा शनिबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता मोहन बस्नेतले मुगुका गणेश नेपालीकी छोरीलाई स्नातक तहसम्म पढाई दिने घोषणा गरेका छन् । नेता बस्नेतले गणेशको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने पनि घोषणा गरेका छन् । ‘जसको मृत्यु भएको छ, उहाँको पोस्टिक आहार खान र घर वयहार मिलाउनका लागि एक् लाख रुपैयाँ म तरुन्त व्यवस्था गरिदिन्छु,’ उनले भने, ‘र त्यो बच्चालाई काठमाडौं महानगरपालिकाले के गर्छ थहा छैन ।

सुनिताजी (सुनिता डंगोल) को कार्यकालपछि भोलि अर्कोले गर्छ गर्दैन थाहा छैन । त्यसकारण यो बच्चाको सुरक्षाका लागि, लामो पढाइका लागि स्नातकसम्म निशुल्क पढाई दिने व्यवस्थाका लागि म पहल गरिदिन्छु । यो काम गरिदिन्छु । यो पनि म यहाँ घोषणा गर्न चाहन्छु ।’ गणेशको शुक्रबार उपचारका क्रममा मृत्यु भएको थियो । उनले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागनजिकै आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका थिए । कार्यक्रममा नेता बस्नेतले तीन वर्ष अघि संसद् भवन अगाडि आत्मदाह गरेका प्रेम आचार्यका दुई सन्तानलाई पनि निस्शुल्क अध्ययनको व्यवस्था मिलाएको स्मरण गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *