कांग्रेसको नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ उपसमितिका संयोजक चयन भएका छन् । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको पाँचौँ बैठकले ६ उपसमिति संयोजकको जिम्मेवारी तोकेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए । प्रतिष्ठानलाई प्रभावकारी बनाउन अपांगता, संवाद, समन्वय र सशक्तीकरण उपसमिति, संयोजकमा प्रकाश पन्थ चयन भएका छन् ।

आदिवासी जनजाति संवाद, समन्वय र सशक्तीकरण उपसमिति, संयोजकमा रेशम गुरुङले जिम्मेवारी पाएका छन् । दुर्व्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमिति, संयोजक डा. डी.बी. सुनार तथा पूर्वआप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमिति संयोजकमा विज्ञान प्रसाईं तोकिएका छन् । सार्थक सम्प्रेषण उपसमिति, संयोजकका रुपमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमिति, संयोजकमा सिताराम काफ्लेले जिम्मेवारी सम्हालेका छन् । शर्माले असार २३ गते प्रतिष्ठानको सदस्यका रूपमा ६ जनालाई नियुक्त गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *