मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । सोमबार साँझ सडकखण्डको तुइन खोलामा ढुंगा झरिरहेको र सेती दोभानमा माथिबाट लेदो आई सवारी आवागमन दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा ढुंगा झरिरहेको छ, सेती दोभानमा माथिबाट लेदो आई सवारी आवागमन दुईतर्फी अवरुद्ध बनेको छ, सडक डिभिजन भरतपुरले सूचना जारी गर्दै भनेको छ ।

मेसिन सम्बन्धित स्थानमा पुगिसकेको भए पनि निरन्तर ठूलो वर्षाको कारण पहिरो हटाउन समस्या भइरहेको जनाइएको छ । मेसिन सम्बन्धित स्थानमा पुगिसकेको भए पनि निरन्तर ठूलो वर्षाको कारण पहिरो हटाउन समस्या भइरहेको छ । सडक अवरुद्धका कारण रोकिएर बसेका सवारीसाधनहरू सुरक्षित स्थानतर्फ रहनुहुन आग्रह गरिन्छ,ू सडक डिभिजन भरतपुरका सडक सुपरभाईजर ईश्वर क्षेत्रीले भने । निरन्तर वर्षा भैरहेकोले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *