भक्तपुरको सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत फेला

काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिएका छन् । मृत भेटिनेमा ५७ वर्षीय हिरालाल पासवान रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपककुमार कार्कीले बताए । उनका अनुसार आफू बस्ने कोठाको फ्यानमा सलको पासो लगिएर झुन्डिएको अवस्थामा पासवान मृत भेटिएका हुन् । प्रहरीले घटनास्थल मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ । उनी थापाथलीस्थित सुकुमवासी बस्तीमा बस्दै आएका थिए । सरकारले त्यहाँका टहरा भत्काएपछि उनी पछिल्लो समय होल्डिङ सेन्टरमा बस्दै आएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *