इन्डोनेसियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालले इन्डोनेसियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै इन्डोनेसियामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको हो । “हामी इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प तथा त्यसपछि आएका पटक–पटकका परकम्पका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ । भूकम्पको विनाशकारी प्रभाव भोगिसकेको नेपालले यस्ता प्राकृतिक विपद्का कारण उत्पन्न हुने पीडा र दुःखलाई गहिरो रूपमा बुझेको विज्ञप्तिमा उल्लेख छ । “यस दुःखद् घडीमा नेपाल सरकार तथा नेपाली जनता इन्डोनेसिया सरकार र जनताप्रति ऐक्यबद्धता र गहिरो सहानुभूति व्यक्त गर्दछौँ,” परराष्ट्रले भनेको छ । परराष्ट्रले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, परराष्ट्रले प्रभावित, बेपत्ता तथा विस्थापित सबैको सुरक्षा, राहत तथा शीघ्र पुनस्र्थापनाको कामना गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *