गरिमा हत्या घटनामा गृहमन्त्री र प्रहरीले अमानवीय कार्य गरे : सांसद पोर्तेल

काठमाडौं । सांसद सोमनाथ पोर्तेले गृहमन्त्री र प्रहारीबाट अमानवीय र असन्तुलित व्यवहार देखिएको आरोप लगाएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा नेकपा (एमाले) सांसद पोर्तेलले तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि गरिएको हत्यामा कानुन कार्यान्वयन गर्ने नेतृत्वबाटै अमानवीय कार्य भएको बताए । गरिमाको न्यायाका लागि बोल्नु र अपराधीलाई काडा कारबाहीको पक्षमा उभिनु सबैको ध्येय हुनुपर्ने उनले बताए ।

तर, यो घटनामा इतिहासँमै नदेखिएको अमानवीय, असंवेदनशील, पाषाणकालीन देखिएको उनले बताए । “एकातिर सिंहदरबारमा गृहमन्त्री भिडियो छायांकन गर्छन्, अर्कातिर प्रहरीको निर्देशनमा भिडियो छायांकन हुन्छ,” उनले भने । उनले दुवै घटनाको ध्येय र संवाद कुरप र हृदायरविदारक रहेको बताए । गरिमाका आमाबुवालाई खुसी छौँ भन्न लगाउने र आरोपितलाई विजयोत्सव झै बयान दिन लगाउने कार्य भएको उनको टिप्पणी छ । “यी दुवै घटनाको ध्येय र संवाद यतिविघ्न कुरुप, हृदयविदारक र विभत्स छ कि, यसको परिकल्पनासमेत गर्न सकिन्न,” पोर्तेलले भने, “एकातिर बलात्कारपछि हत्या भएकी गरिमाका आमाबुवालाई हामी खुसी छौँ भन्न लगाइन्छ, अर्कातिर अपराधीलाई विजयोत्सवझैँ छाती फुलाएर बयान दिन लगाइन्छ ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *