त्रिशूली बेत्रावती बजारबाट एक महिलाको जीवितै उद्धार
काठमाडौं । त्रिशूली बेत्रावती बजारमा रहेको एक घरबाट एकजना महिलाको जीवितै उद्धार गरिएको छ । सशस्त्र प्रहरीले एक जना महिलाको जीवितै उद्धार गरेको जनाएको छ । उनी अर्धचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार नुवाकोटतर्फ आनन्द श्रेष्ठको घरबाट ६० वर्षीया चण्डीका श्रेष्ठको जीवितै उद्धार गरिएको हो । उनलाई अहिले हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइँदैछ ।

















