सिटिजन्स बैंकले असोज २८ मा बोलायो वार्षिक साधारण सभा,३.८९ प्रतिशत बोनस सेयर पारित गर्ने

काठमाडौं । सिटिजन्स बैंकले असोज २८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । बैंकको असोज ६ गते बसेको ५२२ औं बैठकले आगामी असोज २८ गते वार्षिक साधारण सभा बस्ने निर्णय गरेको हो । साधारण सभाले ३.८९ प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । यस्तै चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ । बैंकले वार्षिक साधारण सभालाई ध्यानमा राख्दै असोज १९ गते १ दिनका लागि सेयर धनी किताब बन्द (बुक क्लोज) गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *