कुमारी बैंकले असोज २८ गते डाक्यो २६औं सभा, लाभांश पारित गर्ने

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कुमारी बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले असोज २८ गते बिहान ११ बजे काठमाडौंस्थित सिल्भरओक ब्याङ्क्वेटमा २६औं वार्षिक साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०८२।८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँको करसहित २.१० प्रतिशतका दरले ५५ करोड २१ लाख ३३ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सभाले गत आर्थिक वर्ष २०८२।८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनी कुमारी क्यापिटल र केबिएल सेक्युरिटीजको वित्तीय विवरणसहित बैंकको एकीकृत वित्तीय विवरण पारित गर्नेछ । सभाले चालु आर्थिक वर्ष २०८३।८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *