नेपाल वित्तीय संस्था संघको नयाँ कार्यसमिति निर्वाचित

काठमाण्डौं । नेपाल वित्तीय संस्था संघको ३०औँ तथा ३१औँ वार्षिक साधारण सभा काठमार्डौंमा सम्पन्न भएको छ । साधारण सभाले संघको विगतका गतिविधि तथा प्रगतिको समीक्षा गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ । साधारणसभाबाट सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रजोजमान श्रेष्ठलाई नेपाल वित्तीय संस्था संघको अध्यक्षमा निर्वाचित गरिएको छ । नवनिर्वाचित कार्यसमितिमा अध्यक्षः रजोजमान श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, सेन्ट्रल फाइनान्स लिमिटेड, उपाध्यक्षः उद्धवराज थपलिया, प्रमुख कार्यकारी अधिकृत, नेपाल फाइनान्स लिमिटेड, महासचिवः अनिल श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, प्रोग्रेसिभ फाइनान्स लिमिटेड, कार्यसमिति सदस्य ः ज्ञानेन्द्र इवाहाङ, प्रमुख कार्यकारी अधिकृत, गोर्खाज फाइनान्स लिमिटेड, कार्यसमिति सदस्यः अनिल जोशी, प्रमुख कार्यकारी अधिकृत, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड, यस संघका निवर्तमान अध्यक्ष सुनिल पन्तले आफ्नो कार्यकालमा संघको नेतृत्व गर्दै संघलाई थप सुदृढ, प्रभावकारी र संस्थागत रूपमा अघि बढाउन पु¥याउनुभएको महत्वपूर्ण योगदानप्रति संघ हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ । पन्तले आगामी दिनमा संघको तत्कालीन निवर्तमान अध्यक्षका रूपमा निरन्तर संघसँग आबद्ध रही नयाँ कार्यसमितिलाई आवश्यक मार्गदर्शन प्रदान गर्नुहुनेछ । नवनिर्वाचित कार्यसमितिले नेपालका वित्तीय संस्थाहरूबीचको समन्वय, सहकार्य र संस्थागत एकता थप सुदृढ गर्ने, सदस्य संस्थाहरूका साझा विषय तथा समस्याहरूलाई प्रभावकारी रूपमा सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्ने तथा वित्तीय क्षेत्रको समग्र विकासका लागि नेपाल राष्ट्र बैंक, नेपाल सरकार तथा अन्य सम्बन्धित सरोकारवाला निकायहरूसँग थप प्रभावकारी र रचनात्मक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । यस संघ नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघका पूर्व अध्यक्षज्यूहरू, पूर्व पदाधिकारीज्यूहरू, सदस्य संस्थाहरू तथा सम्पूर्ण सरोकारवालाहरूबाट आगामी दिनमा समेत निरन्तर सहयोग, सुझाव र मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गर्दछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *