पत्रकार पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन
काठमाडौँ । पत्रकार पक्राउको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन भएको छ । नेपाल पत्रकार महासंघको आह्वानमा प्रदर्शन गरिएको हो । महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि प्रदर्शन गरेको जनाएको छ । प्रदर्शनमा उत्रिएका पत्रकारहरुले सरकारलाई प्रश्न गरेका छन् । प्रदर्शनमा महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले सम्बोधन गरेका छन् ।

















