हिमालयन डिस्टिलरीद्धारा सिंगल माल्ट ह्विस्की ‘श्लोक’बजारमा सार्वजनिक

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) ले नेपालमै पहिलो पटक स्वदेशमै उत्पादित ‘श्लोक सिंगल माल्ट ह्विस्की’ बजारमा सार्वजनिक गरेको छ । मदिरा उद्योगमा ऐतिहासिक उपलब्धि मानिएको यस उत्पादनसँगै नेपालको ह्विस्की उत्पादन यात्रामा नयाँ अध्याय थपिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो उत्पादन हिमाली पहिचान, स्थानीय शिल्पकला र आधुनिक परिष्कृत ह्विस्की निर्माण प्रविधिको संयोजनबाट तयार पारिएको हो । यसअघि ‘श्लोक ह्विस्की’ र ‘श्लोक हिमालयन प्रिमियम ट्रिपल एक्स रम’ उत्पादन गर्दै आएको कम्पनीले सिंगल माल्ट ह्विस्की सार्वजनिक गरेसँगै ‘श्लोक’ ब्रान्ड पोर्टफोलियोलाई थप विस्तार गरेको छ । विशेष रूपमा छनोट गरिएका ओलोरसो शेरी कास्क (काठको भाँडो) मा परिपक्व (फिनिसिङ) गरिएको यस ह्विस्कीले विशिष्ट स्वाद र गहिराइ प्रदान गर्ने बताइएको छ ।

न्यानो महजस्तै सुनौलो रङ रहेको यस ह्विस्कीमा सुक्खा फलफूल, खजुर, भेनिला, हल्का मसलाका साथै बदाम र चकलेटको सुगन्ध पाइन्छ । स्वादमा फलफूलको प्राकृतिक मिठास, आलुबखडा, कालो चेरी र भुटेको बदामको मिश्रण रहेको तथा यसको स्वादको अन्त्य लामो समयसम्म रहने कम्पनीको दाबी छ । प्रिमियम पहिचान झल्काउने गरी आकर्षक बोतल र विशिष्ट क्याप्सुल क्यापसहित यसलाई बेलनाकार क्यानिस्टर (कन्टेनर) मा बजारमा ल्याइएको छ । ७५० मिलिलिटरको बोतलमा उपलब्ध श्लोक सिंगल माल्टमा ४२.८ प्रतिशत अल्कोहलको मात्रा रहेको छ । यसको बजार मूल्य प्रतिबोतल ७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । स्वदेशमै प्रिमियम स्पिरिट उत्पादन गर्ने क्षमतालाई थप उचाइमा पुर्‍याउन यो कदम महत्वपूर्ण कोशेढुङ्गा साबित हुने र यसले नेपाली ह्विस्की उद्योगमा नयाँ सम्भावनाको ढोका खोलेको हिमालयन डिस्टिलरीले विश्वास व्यक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *