सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिँदा पोखरा १३२ रनमा अलआउट
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएका छन् । पोखरा एभेन्जर्सविरुद्ध सानदार बलिङ गरेका सन्दीपले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिएका हुन् । उनले लगातार तीन बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेका छन् । सन्दिपको कसिलो बलिङमा विराटनगरले पोखरालाई १३२ रनमा अलआउट गरेको छ । पोखराका लागि युवराज साम्राले ८४ रन बनाए ।

















