सरकारले दानबहादुर कार्कीलाई थमायो विशेष सल्लाहकारको पत्र

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाइएका दानबहादुर कार्कीलाई सरकारले सल्लाहकारको पत्र थमाएको छ । प्रधानमन्त्री बालेन्द्र साहको विशेष सल्लाहकार बनाइएको पत्र १८ कात्तिकमा गृह मन्त्रालयका एक कर्मचारीले कार्कीलाई थमाएका हुन् । ‘उहाँलाई कार्यालय समयभित्र उहाँकै कार्यकक्षमा लगेर पत्र बुझाइएको हो ,’ उच्च स्रोत भन्यो । १८ कात्तिककै मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाएको थियो । एआईजी डा मनोजकुमार केसीलाई आईजीपी बनाइएको थियो ।

सोही दिन कार्यालय समयमा गृह मन्त्रालयले कार्कीलाई पत्र थमाएको स्रोतले बतायो । तर कार्की भने सरकारको यो निर्णयविरुद्ध सर्वोच्च अदालत गएका छन् । आईजीपीमा पुनर्वहालीको माग गर्दैै कार्कीले दायर गरेको रिट भोलि सोमबारलाई पेशी तोकिएको थियो । तर सोमबार सार्वजनिक बिदा भएकाले उनको पेशी भोलि सुनुवाइ नहुने भएको छ । सरकारले उनलाई हटाएर मनोज केसीलाई नेपाल प्रहरीको आइजीपी बनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *