एक्स्ट्रिमको क्यान स्क्यान गर्दा सुनको क्यान जित्न सकिने

काठमाडौँ । एक्स्ट्रिम इनर्जी ड्रिंकले जाडो मौसमलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यसहित उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । बजारमा पाँच नयाँ स्वादका इनर्जी ड्रिंक उपलब्ध गराएको अवसरमा कम्पनीले उपभोक्तालाई आकर्षक उपहार जित्ने अवसरसहित यो योजना ल्याएको हो । अफरअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंकका क्लासिकसहित पाँचवटै स्वादका उत्पादन खरिद गर्ने उपभोक्तामध्ये छ जना भाग्यशाली विजेताले सुनको क्यान जित्नेछन् । योजनामा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ ।

त्यसपछि आवश्यक विवरण दर्ता गरेर उपहार योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र आयोजना गरी विजेता घोषणा गरिनेछ । यस योजनाले उपभोक्तालाई एक्स्ट्रिमका विभिन्न स्वादको अनुभव लिनुका साथै आकर्षक उपहार जित्ने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ । नयाँ स्वादको आगमनसँगै सुरु गरिएको यस अभियानले युवा पुस्तामाझ एक्स्ट्रिम इनर्जी ड्रिंकको लोकप्रियता बढाउनुका साथै उपभोक्तासँगको सम्बन्ध थप मजबुत बनाउने कम्पनीले विश्वास व्यक्त गरेको छ । उपभोक्ताको माया र विश्वासलाई विशेष उपहारमार्फत सम्मान गर्दै जाडो मौसमलाई थप रोमाञ्चक बनाउने उद्देश्यले योजना ल्याइएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *