भिसा लिडरसिप कन्क्लेभमा माछापुच्छ्रे बैंक सम्मानित

काठमाडौं । भिसा लिडरसिप कन्क्लेभमा माछापुच्छ्रे बैंक लिमिटेडले ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ बिजनेस–एसोसिएट क्लाइन्ट’ अवार्ड प्राप्त गरेको छ । पीओएसमार्फत भुक्तानी कारोबारअन्तर्गत उत्कृष्ट कार्यसम्पादन र योगदानको कदरस्वरूप बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो। यस सम्मानले डिजिटल भुक्तानी सेवामा माछापुच्छ्रे बैंकले हासिल गरेको उपलब्धिलाई थप उजागर गरेको छ । यो अवार्डसँगै माछापुच्छ्रे बैंकले भिसाबाट लगातार तेस्रो पटक सम्मान प्राप्त गरेको छ। यसअघि बैंकले सन् २०२४ मा ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ बिजनेस’ र सन् २०२३ मा ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ–एसोसिएट क्लाइन्ट’ अवार्ड प्राप्त गरेको थियो ।

भिसाबाट प्राप्त निरन्तरको सम्मानले डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन प्रविधिको अवलम्बन तथा ग्राहकलाई सहज, सुरक्षित र प्रभावकारी भुक्तानी सेवा प्रदान गर्ने माछापुच्छ्रे बैंकको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ । माछापुच्छ्रे बैंक यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेको छ । बैंकले सन् २०२६ को इन्फोसिस फिनाकल इनोभेसन अवार्डअन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा प्लाटिनम अवार्ड प्राप्त गरेको थियो । त्यस्तै, भारतीय वाणिज्य संघद्वारा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६ मा ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ लगायत अन्य अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *