भाटभटेनी सुपरस्टोर प्रतिष्ठित दुई सम्मानबाट सम्मानित

काठमाडौं । भाटभटेनी सुपरस्टोर प्रतिष्ठित दुई सम्मानबाट सम्मानित भएको छ । नवौँ सामाजिक सुरक्षा दिवस, २०८३ का अवसरमा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा भाटभटेनीलाई सम्मान गरियो । भाटभटेनीले खुद्रा व्यापार क्षेत्रतर्फ बढीभन्दा बढी रोजगारी सिर्जना गर्दै सामाजिक सुरक्षामा आबद्धता गराएबापत सम्मान गरिएको हो । कम्पनीका प्रमुख सञ्चालक अधिकृत पानु पौडेलले उक्त सम्मानपत्र ग्रहण गरे । यही मंसिर १ गते राष्ट्रिय कर दिवस, २०८३ का अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा पनि भाटभटेनीलाई उत्कृष्ट व्यवसाय गरी राज्यलाई कर तिरेको भन्दै सम्मान गरिएको थियो । देशका विभिन्न स्थानमा भाटभटेनी सुपरस्टोर सञ्चालित छ । ०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कतिपय सुपरस्टोरमा तोडफोड र आगजनी गरिएको थियो । तर, पुनर्निर्माणपश्चात् ती पुनः सञ्चालनमा ल्याइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *