रिलायबल नेपाल लाइफद्वारा कार्तिकमा ४ करोड ९६ लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८३ को कार्तिक महिनामा ४ करोड ९६ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ। बीमा क्षेत्रप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्ने उद्देश्यसहित कम्पनीले दाबी भुक्तानीलाई प्राथमिकतामा राख्दै आएको जनाएको हो । बीमा भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिमबाट सुरक्षा प्रदान गर्ने माध्यम मात्र नभई आवश्यकताको समयमा आर्थिक सहारा बन्ने विश्वासको आधारसमेत हो। कम्पनीले प्रत्येक दाबी भुक्तानीसँगै सेवाग्राहीको विश्वासलाई थप मजबुत बनाउँदै बीमा सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको छ।

















