अर्घाखाँची सिमेन्टद्वारा उत्कृष्ट डिलरहरूका लागि आयोजित ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सम्पन्न

काठमाडौं । अर्घाखाँची सिमेन्टले आफ्ना उत्कृष्ट डिलरहरूका लागि आयोजना गरेको तीनदिने ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीले गत जेठ तथा असार महिनामा सञ्चालन गरेको विशेष डिलर प्रोत्साहन योजनाअन्तर्गत निर्धारित बिक्री लक्ष्य हासिल गर्न सफल डिलरहरूलाई यस भ्रमणमा सहभागी गराएको हो। डिलरहरूसँगको व्यावसायिक सम्बन्धलाई आत्मीयतामा रूपान्तरण गर्ने उद्देश्यसहित आयोजित उक्त यात्राका क्रममा सहभागीहरूले मुक्तिनाथ तथा कागबेनीलगायत विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको दर्शन एवं भ्रमण गरेका थिए। यस यात्राले धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै अविस्मरणीय अनुभव प्रदान गरेको कम्पनीले जनाएको छ। व्यावसायिक साझेदारहरूको योगदानको कदर गर्दै सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता प्रोत्साहनमूलक कार्यक्रम आयोजना गरिएको कम्पनीको भनाइ छ।

अर्घाखाँची सिमेन्टका अनुसार डिलरहरू केवल व्यावसायिक साझेदार मात्र नभई गुणस्तरीय उत्पादन उपभोक्तासम्म पुर्‍याउने मुख्य सहयात्री हुन्। नेपालको अग्रणी सिमेन्ट उत्पादकमध्येको एक अर्घाखाँची सिमेन्टको वार्षिक उत्पादन क्षमता एक मिलियन टन रहेको छ। कम्पनीले गुणस्तर, नवीनता र दिगोपनलाई प्राथमिकतामा राख्दै वातावरणमैत्री अभ्यास तथा आधुनिक प्रविधिमार्फत निर्माण क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ। कम्पनीले उत्पादन क्षमता र ऊर्जा दक्षता अभिवृद्धिका लागि डेनिस भर्टिकल रोलर मिल (भीआरएम) प्रविधि तथा वेस्ट हिट रिकभरी सिस्टम जस्ता अत्याधुनिक प्रणालीहरूको प्रयोग गर्दै आएको छ। यसका साथै, कार्यस्थललाई स्वच्छ तथा सुरक्षित राख्न र धुलो नियन्त्रण गर्न इलेक्ट्रोस्ट्याटिक प्रिसिपिटेटर प्रणालीसमेत जडान गरिएको छ। ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ ले डिलर र कम्पनीबीचको सहकार्यलाई थप आत्मीय र विश्वासपूर्ण बनाएको विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सम्मान तथा सहकार्यका कार्यक्रमहरूलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *