विपक्षी दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।

प्रचण्डले विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन् । बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । भिजिट भिसा प्रकरणले यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ ।

संसद्को अवरोध खुलाउने विषयमा शनिवार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता समेत भएको थियो । उक्त भेटमा संसद्को गतिरोध अन्त्यको विषयमा छलफल भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *