भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले उक्त दाबी गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगलले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनि गरिएको प्रचारप्रति, समाज र सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन । उक्त कार्यमा मेरौ कुनै संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा म सम्मानित सदनमा आग्रह गर्न चाहन्छु ।
मेरोविरुद्ध उजुरी गर्न नक्कली पीडित खडा गरिँदैछ
गृहमन्त्री रमेश लेखकले आफ्नो राजनीतिक जीवन र व्यक्तिगत चरित्र हत्या गर्ने उदेश्यबाहेक कुनै अर्को धेय नरहेको दाबी गरेका छन् । भिजिट भिसाको नाममा हुने तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताए । रास्वपाका सांसदहरू वेलमा प्रवेश गरेर नाराबाजी गरिरहेकै अवस्थामा मन्त्री लेखक बोलिरहे । भिजिट भिसामा मात्रै होइन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीआईजी सरुवामा पनि प्रश्न उठाउनु खेदजनक हो । उनले भने,अख्तियारमा प्रहरीको एकजना डीआईजी हुन्छ । अर्का एक एसएसपी बढुवा भएर डीआईजी भए । एकजनाको सरुवा भयो । यसैलाई पनि अनुसन्धान प्रभावित भयो भनेर अनावश्यक आरोप लगाइयो । आफूमाथि अनावश्यक आरोप लगाउन विभिन्न दलका पार्टी कार्यालय प्रयोग भएको दाबी गरे । किर्ते उजुरी र नक्कली पीडित खडा गर्नेहरूलाई पनि कारबाही गरिने लेखकको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *