नवराजले प्रचण्डसँग भेट

काठमाडौं । सुर्खेतदेखि खाली खट्टा हिँडेर काठमाडौं आइपुगेका नवराज भेँडा (बोहोरा)ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका बोहोराले आज प्रचण्डलाई भेटेका हुन् । कर्णालीको समग्र विकास, वातावरण संरक्षण, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन कायम गर्ने एजेन्डा लिएर उनी सुर्खेतबाट एक महिना लगाएर हिडेर काठमाडौं आइपुगेका हुन् ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै आफू सरकारमा रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरू त्यसको प्रमाण भएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *