यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत नेपालद्वारा इन्डोनेसियाविरुद्ध विशाल योगफल खडा

काठमाडौँ । नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ ।

एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउदै ४२०  रन बनाएको हो । नेपालका लागि ओपनर प्रसिद्ध जैसीले शतकीय पारी खेल्दै सर्बाधिक १३२ रन बनाएका थिए । त्यस्तै अर्का ओपनर परिमार्जन यादव २८ बलमा ७१ रन बनाएका थिए । त्यसैगरी रौनक श्रीवास्तवले ८८ रन बनाएर आउट भए भने जोय थापाले ५७ रन बनाएका थिए । त्यस्तै सुगम बुढाथोकीले अविजित ३९ रन बनाएका थिए ।

त्यस्तै इन्डोनेसियाका बलर केटुट दर्मा पुट्राले २ विकेट लिए भने केभिन नीरज चड्डा, महेन्द्र अजी युदा प्रतामा र रेहान रिजाले एक एक विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *