सिनो काँधमा बोकेर हिँड्न सकिँदैन- रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सिनो काँधमा बोकेर हिँड्न नसकिने बताएकि छिन् । उनले पार्टीमा अर्ली महाधिवेशन समेत माग गरेकी छन् ।

पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी र संवैधानिक प्रश्न उठेकाले नयाँ नेतृत्व चुन्न अर्ली महाधिवेशन गर्नुपर्ने उनको धारणा रहेको छ । पार्टी निकट युवा संघको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै झाँक्रीले पार्टी पुनर्गठन गर्नुपर्ने भएको बताएकि हुन् ।

‘अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ?’ आफ्नै प्रश्नमा झाँक्रीले आफैं उत्तर दिइन्, ‘अब के गर्ने भने पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं । कसरी गर्ने ? आइदर अर्ली महाधिवेशन गरौं अर मनोनीत गरेर पुनर्गठन गरेर अध्यक्ष बनाऔं ।’ यसै सन्दर्भमा उनले अब काँधमाथि ‘मरेको सिनो’ बोकेर हिँड्न नसकिने टिप्पणीसमेत गरिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *