प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध कायमै
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिरोध गरेका छन् ।
बैठक सुरु हुनासाथ दुई पार्टीका सांसदहरू उठेर विरोध गरेका हुन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन वा उच्चस्तरीय न्यायीक आयोग गठन गर्नुपर्ने आफूहरूको माग यथावत रहेको भन्दै रास्वपाका सांसदहरु बेल अगाडी आएर अवरुद्ध गरेका हुन् । त्यस्तै रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले आफुहरुको माग सरकारले व्यवास्था गरेको र आफुहरुको माग यथावत रहेकाले अवरुद्ध गरेको बताए ।
गत जेठ १३ गतेदेखि रास्वपाले संसद अवरुद्ध गर्दै आएको छ भने संसद्को कामकारबाहीमा भाग लिएको छैन।