न्यायालयप्रति नागरिकको विश्वास कमजोर हुँदै गयो- एमाले सचेतक बर्तौला

काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पछिल्लो समय न्यायालयप्रति आमनागरिकको विश्वास कमजोर हुँदै गएको बताएका छन्।

संसदीय सुनुवाई समितिको बैठकमा सोमबार बोल्दै उनले न्यायालयप्रति आम जनताको भरोसा करिब करिब टुट्न खोजेको स्थिति रहेको बताए। सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्तिसिंह थापालाई यसबारे तपाईका योजना के छन् रु भन्दै प्रश्न गरे। न्यायाधीशहरूको भुमिकाप्रति नै आमनागरिकहरुले प्रश्न उठाउने गरेको उनको भनाइ थियो। उनले भने, ‘पछिल्लो चरणमा न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको छ । कमजोर मात्रै होइन, भरोसा करिव करिव टुट्न खोजेको छ ।’

प्रमुख सचेतक बर्तौलाले न्यायाधीशहरुले कतिपय विषयमा उपलब्ध तथ्य र प्रमाण भन्दा पनि आफू जोगिनको लागि फैसला गर्ने गरेको बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *