शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समयसीमा दिएको छ।

शिक्षामन्त्री रघुजी पन्तले विधेयक पारित गर्न थप समय आवश्यक रहेको भन्दै समितिको आइतबार बसेको बैठकमा माग गरेका थिए । तर, सांसदहरूले विधेयक तत्काल पारित गर्नुपर्ने अडान राखेका थिए । समिति सभापति अम्मरबहादुर थापाले सहमति कायम गर्न पाँच दिनको समय दिँदै भने, ‘पाँच दिनभित्र सहमति जुटाएर आउनुहोस् । त्यसपछि बैठक बोलाउन मलाई एक दिनको समय चाहिन्छ ।’

यसअघि असार १६ गते पनि शिक्षामन्त्रीको आग्रहमा समितिको बैठक स्थगित भएको थियो । मन्त्री पन्तले नेपाल शिक्षक महासंघसँगको वार्ता जारी रहेको भन्दै पुनः समय मागेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *