कुलिङ पिरियड हेरफेरबारे छानबिन गर्न गठन गरिएको समितिको पहिलो बैठक

काठमाडौँ । कुलिङ पिरियडमा भएको हेरफेर बारे छानबिन गर्न गठन भएको विशेष छानबिन समितिको बैठक शुरु भएको छ ।

संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको पहिलो बैठक सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा भएको हो । सोमबारको प्रतिनिधि सभाको बैठकले कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो ।

समितिमा काँग्रेसबाट परियारसहित सुशिला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *