एकीकृत समाजवादीमा पद होइन काम दिनुहोला- बामदेव गौतम

काठमाडौं । बामदेव गौतमले आफु आन्दोलनको नेता भएको बताएका छन् साथै उनले एकीकृत समाजवादीमा पद होइन काम दिन आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता अभियानलाई सम्बोधन आफु आन्दोलनको नेता भएको बताउदै आफुले नेतृत्व गरेका आन्दोलन अहिलेसम्म असफल नभएको दाबि गरेका हुन् । उनले आफु एकीकृत समाजवादीमा आएपछि पार्टीले ठुलो शक्ति आर्जन गर्ने दाबी गर्दै पार्टीको सदस्य कैयौं गुणा बढाउने बताए । नेता गौतमले एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि आफूलाई चार वर्ष लागेको बताउदै आफुले भने जसरी एकता हुन लागेको बताए ।

उनले पार्टीमा काम गर्ने जिम्मा चाहिएको भन्दै पार्टीमा आफुलाई कुनै पद नचाहिने बताए । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *