साउनको पहिलो सोमबार आज, पशुपतिनाथमा भक्तजनको भिड

काठमाडौं । साउनको पहिलो सोमबार आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको छ ।

भक्तजनका लागि आज बिहानैदेखि चारवटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटले जानकारी दिए । उनका अनुसार दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ । साउन महिनामा विशेष पूजाका लागि सात हजार ५०० रुपैयाँ भन्दा कमको टिकट नकाट्ने कोषले जनाएको छ । कोषले यो वर्षदेखि साउनको सोमबार पशुपतिनाथको दर्शन आउनेका लागि चक्रपथमा निःशुल्क बसको व्यवस्था गरेको छ ।

चक्रपथ परिक्रमा गरेर चार वटा बसले भक्तजनलाई सेवा दिने छ । यो सेवा साउनका चारवटै सोमबार निरन्तर रहने कोषले जनाएको छ । त्यस्तै भक्तजनका लागि मारवाडी समाजले निःशुल्क भोजनको व्यवस्था मिलाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *