दुर्गा प्रसाईँ जिल्ला अदालतको आदेशविरूद पुगे उच्च अदालत पाटन
काठमाडौं । गत चैत १५ गते तीनकुनेको हिंसात्मक घटनाको मुख्य अभियुक्त मेडिकल व्यवसायी दुर्गा प्रसाईँ जिल्ला अदालतको आदेशविरूद्व उच्च अदालत पाटन पुगेका छन् ।
पुर्पक्षका लागि थुनामा रहेका प्रसाईँ थुनामा पठाउने आदेशविरूद्व उच्च अदालत पुगेका हुन् । उनको निवेदनमा उच्च अदालत पाटनका न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाई भइरहेको छ ।
प्रसाईंसहित सुशिल बराल, डण्डपाणी रेग्मी र तारा राजावादी भन्ने सरोज गौतमले निवेदन दिएका हुन्।