मुलुकमा अर्को सडक क्रान्ति आवश्यक- प्रचण्ड

काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा अर्को सडक क्रान्ति आवश्यक भएको उल्लेख गर्दै आफूले त्यसको नेतृत्व गर्ने बताएका छन् । 

अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा उनले अर्को ठूलो क्रान्ति नभएसम्म मुलुकको गुणात्मक विकास नहुने बताए ।  ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता स्थापना भए पनि म नयाँ आन्दोलनको नेतृत्व गर्छु भनेर जनतामाझ गएको छु,’ उनले भने, ‘नयाँ आन्दोलन क्रान्ति आवश्यक छ । अर्को क्रान्ति चाहिएकै छ नेपालमा । मैले सशस्त्र क्रान्ति भनेको होइन । एउटा सडकबाट ठूलो क्रान्ति नभएसम्म यिनको दिमागमा छिर्ने देखिएको छैन ।’

देशको कर्मचारीतन्त्र, न्यायालय रूपान्तरण आवश्यक भएको बताए ।‘देशलाई गुणात्मक ढंगले अघि बढाउन बिउरोक्रेशी मा, जुडिसियरीमा र पुराना पार्टीको दिमागमा क्रान्ति ल्याउन सकेका छैनौँ,’ उनले भने, ‘हामीले परम्पराका सांगला तोड्न बाँकी छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *