विश्वकै कान्छी बैज्ञानिक यमन थापाले मुसाले गीत गाउने बिषयमा थप अनुसन्धानमा

मुसाले गीत गाउने कुरा सुन्दा हामीलाई अनौंठो लाग्न सक्छ । तर यो वैज्ञानिक रुपमा प्रमाणित भईसकेको छ । वास्तवमा मुसाहरुको गीत जस्तै स्वरलाई अनुसन्धानकर्ताहरुले ‘सिङ्गिङ माइस’ भन्ने गरेका छन् । मानिसले जस्तै मुसाहरूले पनि एकअर्काको आवाज सुन्ने र त्यसको जवाफ गीतमार्फत नै फर्काउने वैज्ञानिकहरुले पत्ता लगाएका छन् । मुसाहरुले मानिसले जस्तै एक अर्काको आवाज चिन्ने र त्यसको जवाफ फर्काउने गरेका छन् । उनीहरुको गायन आदानप्रदान मानिसको संज्ञानात्मक क्षमताहरूसंग समान हुने बताइन्छ ।

तर मुसाले गाएको यस्तो गीतलाई मानिसहरुले सुन्न भने सक्दैनन् । यसका लागि विशेष प्रकारको उपकरण आवश्यक पर्छ । यस बिषयमा अमेरिकाको एक विश्वविद्यालयमा भक्तपुर सुर्यबिनायक नगरपालिका ३ बालकोट निवासी यमन थापाले थप अनुसन्धान गरिरहेकी छिन् । थापा बाल्यकालदेखि नै लगनशील र मेहनती थिइन । उनले व्याचलर्समा अमेरिकाको काल्डवेयल विश्वविद्यालय टप गरेकी थिइन । उनले सन् २०२१ का लागि स्टुडेन्ट लिडरशीप अवार्ड समेत जितेकी थिइन् । हाल उनी कोल्ड स्प्रिङ हार्बर ल्याब्रोटरीबाट पूर्ण छात्रवृत्तिमा पीएचडी गरिरहेकी छिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *