नाइमा एक्स्पोमा टोयोटाको यारिस क्रस हाइब्रिडमा झुम्मिँदै ग्राहक

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा प्रदर्शनमा राखिएको टोयोटाको यारिस क्रस हाइब्रिड इलेक्ट्रिकमा ग्राहकको उच्च आकर्षण देखिन्छ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले भित्र्याएको यारिस क्रस हाइब्रिड इलेक्ट्रिकमा ग्राहक तथा अवलोकनकर्ताको उच्च आकर्षण देखिएको हो । यारिस क्रस हाइब्रिडको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाई १६५५ एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलवेस र १८ इन्च को टायर पाउन सकिन्छ । २१० एमएम ग्राउन्ड क्लियारेन्स रहेको यस गाडीमा प्यानोरेमिक ग्लास रूफ, १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको मल्टी इन्फर्मेशन डिस्प्ले, ६ स्पीकर, र प्यानोरेमिक ३६० डिग्री क्यामेरा उपलब्ध छ । यस गाडीमा वायरलेस मोवाइल चार्जर, एपल कारप्ले, एन्ड्रोइ अटो र किक सेन्सर सहितको पावर टेलगेट पाउन सकिन्छ ।

सुरक्षाका लागि यो गाडीमा ६ एयरव्याग, भेहिकल स्टेबिलीटी कन्ट्रोल, एन्टी–लक ब्रेकिङ सिस्टम, इमरजिनसि स्टप सिग्नल, हिल स्टार्ट असिस्ट कन्ट्रोल जस्ता सुविधा छन् । यसको मूल्य १ करोड २९ लाख रुपैयाँ तोकिएको छ । सुरक्षाका लागि यो एसयूभीमा ६ एयरव्याग, भेहिकल स्टेबिलीटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, रिभर्स क्यामेरा, फ्रन्ट र रियर दुबै साइडमा पार्किङ सेन्सर, फ्रन्ट डिपार्चर अलर्ट, पेडल मिसोपेरेसन कन्ट्रोल, ब्लाइन्ड स्पट मनिटरिङ सिस्टम, रियर क्रस ट्राफिक अलर्ट, टायर प्रेसर मोनिटरीङ सिस्टम जस्ता आधुनिक फिचर लोडेड भएर आउने छ । टोयोटा यारिस क्रसमा १.५ लिटरको चार सिलिण्डर ड्यूल भीभीटी–आई इन्जिन दिइएको छ । हाइब्रिड पावरट्रेन भएकोले यसमा इलेक्ट्रीक मोटर र ४.३ एम्पीयर आवरको ब्याट्री प्याक पाउन सकिन्छ । रिजेनेरेटीभ ब्रेकिङ सिस्टम रहेको गाडीमा ई–सीभीटी गियरबक्स पाउन सकिन्छ । यसले प्रतिलिटर २६ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *