सुकुम्वासी बस्ती हटाउने क्रममा तनाव, ३ नगर प्रहरी घाइते

काठमाडौं । मनोहरा जग्गा एकीकृत आयोजना क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा तनाव उत्पन्न भएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाले अतिक्रमित संरचना हटाउन डोजर चलाउँदा स्थानीय बासिन्दाले ढुंगामुढा प्रहार गरेका छन्, जसका कारण केही नगर प्रहरी घाइते भएका छन् । घटनास्थलमा खटिएका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले सरकारी जग्गामा बनाइएका अवैध संरचना हटाउने प्रयासमा झडप भएको बताए । बस्ती हटाउनुअघि पटक–पटक सूचना जारी गरिएको थियो, तर अटेर गरेपछि डोजर चलाइएको हो ।

महानगरपालिकाले हालसम्म २० देखि २५ वटा घर र टहरा भत्काइसकेको छ । स्थिति तनावग्रस्त रहेकोले थप सुरक्षाकर्मी परिचालन गरिएको छ । टहराहरु भत्काउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख राजु पाण्डे सहितको टोली पुगेको छ ।

मनोहरा किनारमा रहेको सुकुम्वासी बस्तीमा बनेको घरमा महानगरले डोजर चलाएपछि स्थानीयहरू आक्रोशित भएका छन् । आक्रोशित भिडले नगर प्रहरी र प्रहरीमाथि आक्रमण गरेको हो । झडप हुन सक्ने सम्भावना भएपछि नेपाल प्रहरीको टोली पनि सँगै गएका थिए । गत साउन ८ गते गोरखापत्रमा सूचनामा जारी गरेर व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो । व्यक्तिको जग्गामा नयाँ संरचना बनेपछि महानगरले डोजर चलाएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *