नामीको विद्युतीय एसयूभी ‘नामी ०६’ सार्वजनिक

काठमाडौं । नाडा अटो शो २०२५ मा डोङफेङ नामी ब्रान्डको नयाँ विद्युतीय एसयूभी ‘नामी ०६’ सार्वजनिक गरिएको छ । नेपालमा डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले यस मोडललाई पहिलोपटक नेपाली बजारमा ल्याएको हो । कम्पनीले यसअघि नामी ०१ ह्याचब्याक ईभीमार्फत उपभोक्ताको विश्वास जितिसकेको छ भने अहिले एसयूभी सेग्मेन्टमा प्रवेश गरेको छ। नामी भिगो नामले चिनिने नामी ०६ दुई भेरिएन्टमा उपलब्ध छ । ई२ भेरिएन्टको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने ई२ प्लस भेरिएन्टको मूल्य ४० लाख ९९ हजार रुपैयाँ राखिएको छ । कम्पनीले नाडा अटो शोका लागि विशेष मूल्य निर्धारण गरेको जनाएको छ।

क्वान्टम आर्किटेक्चर ३ प्लेटफर्ममा बनेको नामी ०६ मा मिनिमल डिजाइनको इन्टेरियर दिइएको छ । यसमा १२.८ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानारोमिक सनरुफ, एम्बियन्ट लाइट, ६ वटा स्पीकर, हिटेड–भेन्टिलेटेड र मसाज सिट जस्ता सुविधा समावेश गरिएको छ। यस एसयूभीमा ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवर क्षमताका दुई ब्याट्री प्याक उपलब्ध छन् । ९९ किलोवाट क्षमताको मोटर रहेको यस गाडीलाई ७ किलोवाटको एसी चार्जर वा ६० किलोवाटको डीसी फास्ट चार्जरमार्फत चार्ज गर्न सकिन्छ । डब्लुएलटिपीका आधारमा नामी ०६ ले ३०० देखि ३५० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिने बताइएको छ। कम्पनीले नेपाली बजारमा विद्यमान प्रतिस्पर्धीलाई ध्यानमा राखेर मूल्य निर्धारण गरेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *