संविधान संशोधनको बहस ठिक दिशामा अगाडि बढेन- सन्तोष परियार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनको बहस ठिक दिशामा अगाडि नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
आज (बुधबार) काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षास् उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वर्तमान संविधान तुलनात्मक रूपमा प्रगतिशील भएपनि शक्ति संरचनामा निरन्तर प्रभुत्व कायम राख्न खोज्ने स्वार्थ समूहलाई मन नपरेको तर्क गरे । ‘लगभग ७० वर्षदेखिको राजनीतिक दलहरूको निरन्तरको प्रयास, मेहनत र उहाँहरूले खेल्नुभएको भूमिकाले आज हामीले तुलनात्मक रूपमा विगतका ६ वटा संविधानभन्दा यो महिलाको पक्षमा दलितको पक्षमा र मधेसको पक्षमा राम्रो संविधान पाएका छौँ,’ उनले भने ।
उनले संविधानलाई अगाडि बढाउनेभन्दा पनि संशोधनको बहानामा पछाडि फर्काउने बहस छेडिएको उल्लेख गर्दै यसप्रति सचेत हुन आवश्यक रहेको पनि बताए ।