माओवादीद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।

साथै माओवादीले सरकारले नरसंहार गरेको पनि दाबी गरेको छ । ‘जनतासँग माओवादी मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो । जेनजी आन्दोलनका क्रममा सरकारले प्रदर्शन गरेको व्यवहार अनुचित रहेको माओवादीको दाबी छ । परिस्थिति सम्हाल्न पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माओवादीको माग छ ।

जेनजीको प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री ओलीले राजीनामा दिएर वातावरण सहज बनाउन सहयोग गर्नुपर्ने माओवादीको निष्कर्ष रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *