आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं । नेपाल प्रहरीले यही भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई सहयोग रकम प्रदान गर्ने निर्णय गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार सूचना जारी गर्दै प्रतिपरिवार जनही १० लाख उपलब्ध गराउने निर्णय गरेको हो । सो रकम प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रदान गरिने जनाएको छ । “मिति २०८२।०५।२३ र २४ गते आन्दोलनका क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारलाई नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही १० लाख उपलब्ध गराउने निर्णय भएको व्यहोरा अनुरोध छ,” प्रहरीको सूचनामा उल्लेख छ । आन्दोलनका क्रममा तीन प्रहरीको मृत्यु भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *