एनआइसी एसियाका सिइओ न्यौपानेले दिए राजिनामा
काठमाण्डौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले राजिनामा दिएका छन्। बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पत्राचार गर्दै यस्तो जानकारी दिएका हुन्। न्यौपानेले असोज १ गते राजिनामा दिएकोमा बैंकले असोज दुईमा स्वीकृत गरेको हो। अहिलेलाई नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको छ।