हितेन्द्रदेव शाक्यलाई आयोगमा सचिवसरह नियुक्ति
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको सदस्य पदमा नियुक्त गरिएको छ । आयोगको सचिवसरहको विज्ञ सदस्यमा नियुक्त गर्दा शाक्यलाई प्राधिकरणमा कार्यकारी निर्देशक हुँदा पाउँदै आएको सुविधा यथावत रहने गरी व्यवस्था गरिएको छ । आयोगमा रहँदा शाक्यले मासिक तलब ७३ हजार ७३० रुपैयाँ पाउनेछन् । त्यससँगै व्यवसायिक भत्ताबापत दुई लाख २१ हजार १९० रुपैयाँ तोकिएको छ । उनको मासिक पारिश्रमिक जम्मा दुई लाख ९४ हजार ९२० रुपैयाँ हुनेछ । सरकारले कार्यकारी निर्देशकका हैसियतमा खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा नियुक्त गर्ने निर्णय गरेको हो ।