पञ्चशील बहुउद्देश्यीयको २५औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

ललितपुर । कुमारीपाटीस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा नयाँ सञ्चालक समिति चयन भएको छ । संस्थाको २५औं वार्षिक साधारण सभाले पुनः देवेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा आगामी ४ वर्षका लागि सञ्चालक समिति र शेषराज दाहालको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको हो । त्यस्तै नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा राम प्रसाद गिरी, सचिवमा नारायण पोख्रेल र कोषाध्यक्षमा ज्ञानेन्द्र अधिकारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राजेन्द्र शाक्य, जीवन देवी बज्राचार्य र अमिता सिद्धि बज्राचार्य चयन भएकी छिन् । यसैगरी तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिको सदस्यमा राम प्रसाद निरौला र रुपेश भट्टराई चयन भएका छन् । संस्थाका अध्यक्ष देवेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले विभिन्न प्रस्ताव उपर छलफल गरी पारित गरेको छ । साधारण सभामा सञ्चालक समितिका अध्यक्षको आज्ञाले प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले सञ्चालक समितिको तर्फबाट आ.ब. २०८१।०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.ब. २०८२।०८३ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए । आर्थिक वर्ष ०८१।०८२ मा संस्थाको सेयर पुँजी १७ करोड ७७ लाख ८९ हजार ६ सय रुपैयाँ रहेको छ । यस अवधिमा संस्थाले २ अर्ब ९९ लाख ७२ हजार बचत संकलन गरेको छ । संस्थाले यस अवधिमा २ अर्ब ६९ करोड ६१ लाख १५ हजार कारोबार गर्न सफल भएको छ । त्यसैगरी संस्थाको जगेडा कोष तथा अन्य कोषमा ३२ करोड ९८ लाख ६९ हजार प्रमुख कार्यकारी अधिकृत खतिवडाले जानकारी दिए । संस्थाले गत आ.ब. ०८१।०८२ मा ९ करोड ९९ लाख ९३ हजार ७ सय ८९ रुपैंया ७१ पैसा नाफा आर्जन गरेको बताए । संस्थाले १ करोड ८१ लाख आयकर तिरेको छ । त्यस्तै विभिन्न शिर्षकहरुमा ३ करोड २२ लाख ५३ हजार राजस्वमा योगदान गरेको खतिवडाले बताए । मुलुकमा देखिएको आर्थिक संकट र विभिन्न संचार माध्यममार्फत फैलाईएको सहकारी प्रतिको नकारात्मक सन्देशका बावजुद पनि संस्थाले सदस्यहरुलाई लगानीको उच्चतम प्रतिफल प्रदान गर्न सफल भएकोमा सम्पूर्ण सदस्यहरुलाई बधाई तथा धन्यबाद ज्ञापन गरेका थिए ।

संस्थाले गत आवको नाफाबाट सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव साधारण सभाले पारित गरेको छ । संस्थाका सचिव नारायण पोख्रेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष अमिता सिद्धि बज्रार्चायले उपस्थित सम्पूर्ण शेयर सदस्यहरुलाई स्वागत गरेका थिए । सभामा कोषाध्यक्ष रामप्रसाद गिरी आर्थिक प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समितिको तर्फबाट समितिका संयोजन शेषराज दहालले प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा संस्थाका सल्लाहकार डा. डोलप्रसाद दाहाल र कर्जा उपसमितिका संयोजक वैजहरी भट्टराईले मन्तब्य व्यक्त गरेका थिए। सभामा नियमित बचत गर्ने सदस्यहरु मध्येबाट ७५ वर्ष पुरा गरेका १७ जना जेष्ठ नागरिकहरुलाई चार्डपर्व खर्च उपलब्ध गराई सम्मान गरेको छ । त्यस्तै एसईई तथा प्स टूमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यहरुको एकाघर परीवारका सदस्यहरुलाई नगदसहित सम्मान गरिएको थियो । त्यसैगरी आ।व। ०८१।०८२ मा उत्कृष्ट कारोवार गर्नुहुने संस्थाका बचत सदस्य, आवधिक बचत सदस्य तथा उत्कृष्ट कर्जा कारोबार गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । यसैबीच नव निर्वाचित संचालक समितिको बैठकले संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः राजु खतिवडालाई नियुक्त गरेको छ । सीईओको कार्यकाल चार वर्षको रहने ब्यबस्था छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *