साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग भिड्दै

काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल आज (बिहीबार) भारतसँग भिड्दै छ । नेपाल सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता बनेर प्रवेश गरेको थियो । समूह ‘ए’ मा तीन अंक बनाएको नेपालले समूह चरणमा भुटानलाई २–० ले हराउँदा बंगलादेशसँग ४–० ले पराजित भएको थियो । भारतले भने समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । समूह ‘बी’ मा नौ अंक बनाएको उसले पाकिस्तानलाई ३–२, भुटानलाई १–० र माल्दिभ्सलाई ६–० ले हराएको थियो । खेल श्रीलंकाको कोलम्बोस्थित रेसकार्स रंगशालामा नेपाली समयअनुसार साँझ ७ः३० बजे हुनेछ । यसअघिको संस्करणमा भारतले नेपाललाई ४–२ ले पराजित गरेको थियो । भुटानमा भएको सो संस्करण भारतले बंगलादेशलाई २–० पराजित गर्दै जितेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *