हुन्डाईको ‘दशैं तिहार, १० गुणा उपहार’, धनगढीका चौधरीले जिते १० लाख रुपैयाँ

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल, नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरकले दशैं-तिहार अफर दशैं तिहार, १० गुणा उपहारु अन्तर्गत पहिलो ग्राण्ड विजेता घोषणा गरेको छ । धनगढीका अभिषेक चौधरीले हुन्डाई क्रेटा खरिद गरी स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँ जित्ने पहिलो भाग्यशाली ग्राहक बन्न सफल भएका छन् । कम्पनीले चौधरीलाई विजेता घोषित गर्दै हार्दिक बधाई ज्ञापन गरेको छ ।

गत भदौ २ गतेदेखि सुरु भएको यो अफरअन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट, १० लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, एक वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर सुविधा पाउने व्यवस्था गरिएको छ । त्यसैगरी, हरेक हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी र छ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । हुन्डाई नेपालले सम्पूर्ण ग्राहकलाई नजिकको शोरुममा गइ दशैं तिहार, १० गुणा उपहारु अफरको लाभ लिन आमन्त्रण गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *