फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १५ दिन प्रचारप्रसारको समय तोकिएको छ । निर्वाचन आयोगले पारित गरेको कार्यतालिकाअनुसार आगामी फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको अवधि तोकिएको छ । त्यसपछि भने प्रचार निषेधको अवधि रहने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *